कोरोनाभाइरसका विषयमा महत्वपूर्ण अनुसन्धान रिपोर्ट फिर्ता, के थियो रिसर्च पेपरमा ?

डिसी नेपाल
२३ जेठ २०७७ १२:३१

काठमाडौं। मेडिकल रिसर्च जर्नल लेन्सेटले कोरोनाभाइरसको उपचारका उपयोगी दावी गरिएको औषधी हाइड्रोक्सिक्लोरोक्विन (एचसीक्यू) सँग सम्बनिधत अनुसन्धान रिपोर्ट फिर्ता लिएको छ । यो स्टडीलाई एनालिसिस गर्ने फर्म सर्जिस्फियरले स्वतन्त्र मूल्यांकनको लागि पूरै डाटा दिन अस्वीकार गरेको छ । अध्ययनमा दावी गरिएको थियो कि कोरोना संक्रमित बिरामीहरुलाई एचसीक्यू दिँदा उनीहरुको मृत्युको खतरा बढ्नेछ ।

द गार्डियनका अनुसार विश्वभरका सय भन्दा बढी अनुसन्धानकर्ताहरुले यो अध्ययनको वास्तविकता पुष्टिको लागि विश्व स्वास्थ्य संगठन र अन्य संस्थाहरुबाट जाँच गराउन माग गरेका थिए । लेन्सेटले भनेको छ कि नयाँ विकासपछि हामी प्राथमिक तथ्यांकको स्रोतको ग्यारेन्टी लिन सक्दैनौं त्यसैले अध्ययन फिर्ता लिइरहेका छौं । लेन्सेटको रिपोर्टपछि गत हप्ता डब्लुएचओले कोरोनाका बिरामीमा एचसीक्यूको ट्रायल रोकेको थियो । यद्यपि केही दिन पछि नै पुनः ट्रायल सुरु गर्न अनुमति दियो ।

२२ मेमा प्रकाशित अध्ययनमा कोरोना बिरामीहरुलाई एचसीक्यू दिँदा उनीहरुमा ज्यानको खतरा बढ्ने उल्लेख गरिएको थियो । अध्ययनमा यो औषधीको गम्भीर साइड इफेक्ट हुने पनि भनिएको थियो । खास गरी मुटुको धड्कन असामान्य हुन सक्ने तर कोरोनाका बिरामीलाई यो औषधीबाट कुनै फाइदा नहुने बताइएको थियो । सयौं अस्पतालमा भर्ना भएका ९६ हजार बिरामीको रेकर्डको आधारमा यो दावी गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *