विश्वकप छनोटका खेल असोजमा, नेपालले सबै खेल दशरथ रंगशालामा खेल्ने

डिसी नेपाल
२३ जेठ २०७७ २२:४२

काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएका २०२२ फिफा बिश्वकप र २०२३ एएफसी एसियन कप अन्तर्गत बाकी रहेका खेलहरु असोजमा गर्न एफसीले प्रस्ताव गरेको छ।

एएफसीले फिफासँग परामर्श गर्दै कोरोना भाईरसको कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव अघि सारेको हो। प्रस्तावित मिति अनुसार म्याच डे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् । यस्तै म्याचडे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ ।

यस अघि मार्च र जुनमा हुने तय भएपनि कोरोनाको कारण छनोट खेलहरु स्थगित गरिएको थियो । छनोटमा नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ भने समूह बी को नेपालले अवे खेल खेलिसकेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो । अहिले भने दशरथ रंगशाला तयार भएको छ । नेपालले अब खेल्ने सबै घरेलु खेल सोही रंगशालामा खेल्नेछ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *