पीसीआर परीक्षण नगर्ने योजनामा सरकार, संक्रमणको दर अत्यधिक बढ्ने खतरा

काठमाडौं। सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न पटक पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकहरू लक्षणविहीन देखिए तत्कालका लागि आरडीटी कीट प्रयोग गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेको छ । यो समाचार आजको राजधानी दैनिकमायचयलबले लेखेका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो