कुनै बेला कोरोनाको केन्द्रबिन्दु बनेको इटलीलाई भारतले उछिन्यो

डिसी नेपाल
२४ जेठ २०७७ ११:३०

काठमाडौँ । कुनै बेला कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दू बनेको इटलीलाई पनि छिमेकी मुलुक भारतले उछिनेको छ ।

पछिल्ला केही दिनदेखि अत्यधिक कोरोना संक्रमित बढिरहेको भारतमा हालसम्म २ लाख ३६ हजार १८४ पुगेको वल्डोमिटरले जनाएको छ । यो सँगै विश्वै सबैभन्दा बढी कोरोना संक्रमित देशहरुको तालिकाको सातौँ स्थानमा पुगेको छ । यसअघि सातौँ स्थानमा रहेको भारतमा शुक्रबार एकैदिन ९ हजार ४७१ जना संक्रमित भेटिएसँगै भारतले इटलीलाई जितेको हो ।

भारतमा कोरोना संक्रमितमध्ये ६ हजार ६४९ जनाको ज्यान गएको छ भने १ लाख १३ हजार २३३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै, कुनै बेला कोरोना भाइरसको केन्द्रविन्दू बनेको इटली अहिले सामान्य जीवनतर्फ फर्कँदै छ । इटलीमा हालसम्म संक्रमित भएका २ लाख ३४ हजार ५३१ मध्ये १ लाख ६३ हजार ७८१ जना निको भएर घर फर्किसकेका छन् भने ३३ हजार ७७४ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा ५१८ जना नयाँ संक्रमित थपिएका छन् भने ८५ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *