तालुखुइलेलाई कोरोनाभाइरसको खतरा धेरै ! मृत्युको सम्भावना पनि बढी

डिसी नेपाल
२४ जेठ २०७७ १४:०४

काठमाडौं। वैज्ञानिकहरुले तालुखुइले मानिसहरुलाई कोरोनाभाइरसको खतरा अधिक हुने र मृत्यु हुने सम्भावना पनि अधिक हुने बताएका छन् । वैज्ञानिकहरुका अनुसार कपाल झर्नुको पछाडिको कारक एस्ट्रोजोन हर्मोन हो । कोरोनाभाइरसका कैयौं सबैभन्दा खराब केसहरुमा पनि यही हर्मोनको सम्बन्ध पाइएको छ ।

अमेरिकाको ब्राउन युनिभर्सिटीका प्रोफेसर र अनुसन्धान टिमका प्रमुख लेखक कार्लोस वेम्बियरले बेलायती अखबार टेलिग्राफसँग भने ‘वास्तवमा हामी यतो मान्छौं कि तालु खुइलिने समस्याले कोरोनाभाइरसको गम्भीर खतराको संकेत दिन सक्छ ।’ यसअघि तथ्यांकहरुको विश्लेषण गर्दा पनि कोरोनाभाइरसबाट मृत्यु हुने पुरुषको संख्या महिलाको भन्दा अधिक पाइएको थियो । तालु खुइलिने समस्या पनि पुरुषहरुमा नै देखिन्छ ।

प्रोफेसर वेम्बियरले भने ‘हामीलाई लाग्छ एस्ट्रोजोन भाइरसको शरीमा प्रवेशका लागि गेटवेको काम गर्छ ।’ यो टिकले स्पेनमा यस विषयमा दुई अध्ययन गरेको छ । दुवै अध्ययनमा अस्पतालमा भर्ना हुने कोरोना पीडितहरुमध्ये तालुखुइलेको संख्या अधिक भएको पाइयो । मड्रिडका ३ अस्पतालमा भर्ना भएका १२२ बिरामीहरुमा गरिएको अध्ययनमा कोरोना पोजेटिभ देखिएका बिरामीहरुमध्ये ७९ प्रतिशत तालुखुइले भएको पाइयो ।

यो अध्ययनलाई अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी जर्नलमा प्रकाशित गरिएको छ । स्पेनमै गरिएको एक अन्य अध्ययनमा पनि कोरोनाका ४१ बिरामीमध्ये ७१ प्रतिशत तालुखुइले भएको पाइएको थियो । यी अध्ययनहरुले तालुखुइलेहरुलाई कोरोनाभाइरबाट बच्न अधिक सतर्कताको आवश्यकता भएको देखाएका छन् ।




प्रतिक्रिया

3 thoughts on “तालुखुइलेलाई कोरोनाभाइरसको खतरा धेरै ! मृत्युको सम्भावना पनि बढी

  1. tero language k ho tyo eaa patrukaar… tai taalu khuile.. tero sakha santaan taalukhuile… kapal nabhayeko wa kapal jhareko bhanna sakdainas tori patrakaar….

Leave a Reply

Your email address will not be published. Required fields are marked *