अमेरिकासँग कोरोनाभाइरस भ्याक्सिनको २० लाख डोज कहाँबाट आयो ?

डिसी नेपाल
२४ जेठ २०७७ १६:०२

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोनाभाइरस विरुद्धको भ्याक्सिनको २० लाख डोज तयारी अवस्थामा रहेको बताएका छन् । सीएनबीसीका अनुसार शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले २० लाख डोज भ्याक्सिन तयार अवस्थामा रहेको र यसको सुरक्षा र प्रभावकारिताको पुष्टि हुनासाथ बजारमा जाने बताएका हुन् ।

यद्यपि ट्रम्पले कुन कम्पनीले यति परिमाणमा भ्याक्सिन तयार गरेको हो भन्नेबारे केही बताएनन् । ट्रम्पले निकै छिटो राम्रो समाचार प्राप्त हुन सक्ने बताए । शुक्रबार एक पत्रकार सम्मेलनमा भ्याक्सिन तयार अवस्थामा रहेको बताउँदै ट्रम्पले यो भ्याक्सिनको प्रयोगभन्दा पहिले वैज्ञानिकहरुबाट अनुमति पप्त हुने प्रतिक्षा रहेको बताए । ट्रम्पले वैज्ञानिकहरुले यसलाई सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेमा अमेरिकीहरुलाई यो भ्याक्सिन दिइने बताए ।

ट्रम्पले यो भ्याक्सिनलाई सुरक्षित घोषित गर्नुभन्दा पहिले ठूलो परिमाणमा मानव ट्रायल गर्नु आवश्यक रहेको बताए । ट्रायलपछि मात्र वैज्ञानिकले यसलाई प्रयोग गर्न अनुमति दिने ट्रम्पले बताए । ट्रम्पको दावी पनि अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ र राष्ट्रपतिको साथमा प्रेस कन्फ्रेन्मा अक्सर देखिने डा. एन्थोनी फाउसीले भने सिएनबीसीसँग कुरा गर्दै आफूले राष्ट्रपतिको बयानका विषयमा टिप्पणी गर्न नसक्ने बताए । उनले भ्याक्सिनबारे आफूलाई थाहा नभएको बताए ।

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले भ्याक्स्नि तयार गर्नको लागि ५ कम्पनीसँग काम गरिरहेको छ । यसअघि डा. फाउसीले मंगलबार एक कार्यक्रममा अर्को वर्षको सुरुवातसम्म लाखौं डोज भ्याक्सिन तयार हुन सक्ने बताएका थिए । अमेरिकाका मोडर्ना, नोवाभ्याक्स, फाइजर कम्पनहिरु कोरोनाभाइरसको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । यी कम्पनीहरुलाई आफ्नो भ्याक्सिनमा यति विश्वास छ कि मन्जुरी पाउनुभन्दा अघि नै उत्पादन सुरु गरेका छन् । मोडर्नालाई सबैभन्दा अगाडि मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *