मेस्सी र स्वारेज प्रशिक्षणमा फर्किए

काठमाडौं । खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको प्रशिक्षण सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि उपस्थित भएका छन । बार्सिलोनाकै अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्नसक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ ।

मेस्सीले बुधबार र शुक्रबारकको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिरेपनि छेउछाउबाट अभ्यास गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

ला लिगाको नेतृत्वदायी टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दैछ । स्वारेजको घुडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक बार्सिलोनाको लागि खेल्दै छन ।

उनले अभ्यासका क्रममा दुखाई महशुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो । यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन् । बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले नेतृत्व गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो