भारतले जाँचपास राेक्दा सीमापारि नै रोकिए मालवाहक गाडी

डिसी नेपाल
२५ जेठ २०७७ ७:०२

भैरहवा। भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन्।

भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक गाडीको लाम लागेको छ। भैरहवा भन्सार कार्यालयले यो भारततर्फकै समस्या भएको र समाधानका लागि आफ्नोतर्फबाट पनि समन्वय भइरहेको जानकारी दिएको छ।

सुनौली ट्रान्सपोर्ट एन्ड क्लियरिङ एजेन्ट एसोसिएसनले आफूहरू भैरहवा भन्सारमा आएर काम गर्न पाउनुपर्ने माग गर्दै गत मङ्गलबार गाडीको जाँचपास रोक्ने संस्थागत निर्णय गरेको थियो। कोरोना भाइरसको सङ्क्रमणका कारण सीमापारि आवतजावतमा रोक लगाइएपछि एसोसिएसनले यस्तो माग गर्दै गाडीको जाँचपास रोकेको हो।

जाँचपास रोक्दा आयात प्रभावित भएपछि सरोकारवालाहरूको छलफलले आयात पुनः सुचारु गर्ने निर्णय गरेपछि दुई दिन जाँचपास रोकिएन तर फेरि सोही विषयलाई लिएर शुक्रबारदेखि भारतीय भन्सारका एजेन्टहरूले सीमापारि गाडीको जाँचपास रोक्दा आयात प्रभावित भएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *