विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

काठमाडौँ । विश्वका २१३ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ लाख १ हजार ९७८ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

हालसम्म ६९ लाख ७० हजार ९४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ३४ लाख ११ हजार ७७ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख २५ हजार ७१५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ४ हजार १७७ जनाको ज्यान गएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो