कोरोनाभाइरस संक्रमणमा रगत समूहको भूमिका भेटियो, निश्चित ब्लड ग्रुपलाई धेरै खतरा

डिसी नेपाल
२५ जेठ २०७७ ९:३९

काठमाडौं। कोरोनाभाइरस संक्रमणमा रगत समूहको पनि भूमिका हुनेवैज्ञानिकहरुले पत्ता लगाएका छन् । संक्रमितलाई ब्लड ग्रुपअनुसार खतरा कम वा बढी हुने पछिल्लो अध्ययनमा भेटिएको हो । वैज्ञानिकका अनुसार ए रक्तसमूह भएकाअरुलाई अन्य समूहको तुलनामा खतरा बढी हुन्छ । सबैभन्दा पहिले चीनका वैज्ञानिकहरुले आफ्नो देशमा भेटिएका केसहरुमध्ये ए रक्तसमूह भएका बिरामीको अनुपात धेरै भएको खुलासा गरेका थिए । अहिले जर्मनीका वैज्ञानिकहरुले पनि यसको पुष्टि गरेका छन् ।

जर्मनीको युनिभर्सिटी अफ कीलका अनुसन्धानकर्ताहरुले खास किसिमको जीन यसको लागि जिम्मेवार हुन सक्ने बताएका छन् । अनुसन्धानका क्रममा रक्तसमूह ए भएका संक्रमितहरु गम्भीर रुपमा बिरामी हुने खतरा अरुको तुलनामा ५० प्रतिशत अधिक हुन्छ । उनीहरुलाई अक्सिजन सपोर्ट वा भेन्टिलेटरमै राख्नुपर्ने खतरा आउन सक्ने अनुसन्धानमा देखिएको छ ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार यही कारण स्वस्थ र फिट युवाहरु पनि गम्भीर रुपले बिरामी भएको हुन सक्ने अनुमान गरिएको छ । अमेरिका, स्पेनसहित कैयौं देशमा पहिलेदेखि कुनै स्वास्थ्य समस्या नभएका स्वस्थ र फिट युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
युनिभर्सिटी अफ कीलका वैज्ञानिकहरुले टाइप ए रक्त समूहका मानिसहरलाई हुन सक्ने खतराको बारेमा पत्ता लगाउन इटली र स्पेनका १६१० बिरामीको तथ्यांकको अध्ययन गरेका थिए । अध्ययनको क्रममा बिरामीहरुको जिनोमको सिक्वेन्सिङ गरियो । त्यसपछि यसमा खास प्याटर्नको खोजी गरियो ।

यसको तुलना अन्य २२५० बिरामीको तथ्यांकसँग गरियो जो कोरोनाबाट गम्भीर बिरामी भएका थिएनन् । यस क्रममा ध्यान दिन लायन २ जीन एरिया भेटिए । एक जीन एरिया यस्तो थियो जो मानिसको रक्तसमूहमा पनर्भर गर्छ । एकतर्फ ए ब्लड ग्रुप भएकाहरु कोरोनाभाइरसबाट गम्भीर बिरामी हुने खतरा बढी पाइयो भने ओ ब्लड ग्रुप भएकाहरु गम्भीर बिरामी हुने खतरा कम पाइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *