बुन्डेशलिगा फुटबलको उपाधी यात्रामा वायर्न म्युनिख

डिसी नेपाल
२५ जेठ २०७७ १०:२८

काठमाडौं । बलियो प्रतिद्वन्दी वायर लिभरकुशेनलाई पराजित गर्दै वायर्न म्युनिखले जारी जर्मन बुन्डेशलिगा फुटबलको उपाधी यात्रा सहज बनाएको छ ।

सातपटक लगातार लिग उपाधी जितिसकेको वायर्नले अब दुई खेल जितेमा लिगको उपाधी आठौं पटक हात पार्नेछ । जारी लिगमा उसले अब चार खेल मात्रै खेल्न बाँकी छ ।

हालसम्म २६ खेल खेलिसकेको वायर्नले अहिलेसम्म दुईवटा खेलमा मात्रै पराजय व्यहोरेको छ । गएराती भएको खेलमा बलियो टोली लिभरकुशेनलाई वायर्नले ४–२ गोल अन्तरले पराजित गरेको हो ।

यो जितसँगै वायर्नले ७० अंक बनाएको छ । अंक तालिको दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमण्डको ६३ अंक छ । डोर्टमण्डले पनि गएराती नै भएको अर्को खेलमा हेर्थ बर्लिनलाई १० गोलअन्तरले पराजित गर्‍यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *