अमेरिका र ब्राजिलसहित विश्वभर घट्यो कोरोना संक्रमण र मृत्युदर

डिसी नेपाल
२६ जेठ २०७७ ६:४७

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा प्रभावित देश अमेरिका र ब्राजिलसहित पछिल्लो २४ घण्टामा विश्वभर नयाँ संक्रमण र मृत्युदर घटेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख १२ हजार ६८९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ३७५ जना संक्रमितको ज्यान गएको छ। अघिल्लो दिन शनिबार विश्वभर १ लाख २८ हजार ६७७ जना नयाँ संत्रमित थपिएका थिए भने ४ हजार २५३ जनाको ज्यान गएको थियो ।

आइतबार अमेरिकामा १८ हजार ९०५ जना संक्रमित थपिएका छन् भने ३७३ जनाको ज्यान गएको छ । अघिल्लो दिन यहाँ २२ हजार ८३६ जना संक्रमित थपिएका थिए र ७०६ जनाको ज्यान गएको थियो ।

यस्तै, आइतबार ब्राजिलमा १८ हजार ३७५ संक्रमित थपिएका छन् भने ५४२ जनाको ज्यान गएको छ । अघिल्लो दिन ब्राजिलमा २७ हजार ५८१ संक्रमित थपिँदा ९१० जनाको ज्यान गएको थियो ।

हालसम्म ७० लाख ८१ हजार ८११ जना कोरोना संक्रमित भएका छन् भने ३४ लाख ५६ हजार ६८१ जना निको भएर घर फर्किसकेका छन् । ४ लाख ५ हजार ७४ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *