ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा कोरोना देखिएपछि पोखरामा त्रास

डिसी नेपाल
२६ जेठ २०७७ ८:११
4
Shares

काठमाडौं। अन्य प्रदेशमा कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गर्दा गण्डकी प्रदेश सुरक्षित देखिन्थ्यो। त्यसमा पनि प्रदेश राजधानी पोखरामा त संक्रमण शून्य नै थियो।

तर, ट्राभल हिस्ट्री नै नभएका एक व्यक्तिमा शुक्रबार एकाएक कोरोना संक्रमण पुष्टि भएपछि भने पोखरेली तर्सिएका खबर आजको नागरिक दैनिकले छापेको छ।

पोखरा नै नछाडेका ती व्यक्ति कसरी संक्रमित भए, यो प्रश्न धेरैलाई टाउको दुखाइ बनेको छ।

पोखरा महानगरपालिका ८ सिमलचौरमा बस्ने ६० वर्षीय पुरुष गत मंगलबार कोठामा बेहोस अवस्थामा फेला परेका थिए।

त्यसपछि उनलाई उपचारका लागि पोखराका विभिन्न अस्पताल हुँदै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भित्रभित्रै संक्रमण फैलिएको त छैन भन्ने आशंकाले पोखरेली तर्सिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *