प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

डिसी नेपाल
२६ जेठ २०७७ १०:१४

सिरहा । सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर पुगेका थिए । राजधानी दैनिकमा आलोक यादवले लेखेका छन् ।

स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो । अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन् । ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर उक्त घर पस्दा अबिरचन झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन् ।

झुण्डिएका अबिरचनको नाकबाट रगत बगेको छ। नाकमा चोट लागेकाले रगत बगेको प्रहरीले बताएको छ । मृतक अबिरचनका परिवारले भने हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ। घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *