म्यानचेष्टर सिटीको अपिलमा आजबाट सुनुवाइ

डिसी नेपाल
२६ जेठ २०७७ १७:०२

काठमाडौं । आर्थिक पारदर्शिता नदेखाएको आरोपमा दुई बर्ष खेल प्रतिवन्धको सजाय पाएको इङ्लिस क्लव म्यानचेष्टर सिटीले प्रतिवन्ध फुकुवाका लागि गरेकोअपिलमा आजबाट सुनुवाइ हुदैछ । सिटीले आर्थिक पारदर्शिता कायम गर्न नसकेको भन्दै यूरोपेली फुटबलको आर्थिक क्षेत्रहेर्ने निकायले क्लवमाथि प्रतिवन्ध लगाउदै ३ करोड यूरो जरिवाना तिराउने निर्णय गरेको थियो ।

आरोपको स्वतन्त्र छानविनमा समेत क्लवले असहयोग गरेको आरोप उक्त निकायले लगाएको छ । प्रतिवन्धपछि सिटीले च्याम्पियन्स लिग, यूरोपेली लिग लगायत सबै यूरोपेली फुटबलमा दुई बर्ष खेल्न नपाउने भएको छ । तर आरोपमा सत्यता नभएको भन्दै क्लवले मुद्दा परेको बेलायतको खेलकुद विवादमा मध्यस्थता गर्ने अदालतमा अपिल दर्ता गराएको छ । त्यसैको सुनुवाइ आजबाट हुन लागेको हो । विवादबारे यसै ग्रीष्मकालिन अवधिमा निर्णय हुने बताइएको छ । तर विवाद कायमै रहेका सिटीले यूरो फुटबलको आयोजनामा हुने सुपर कप एवम्अर्को सिजनमा हुने प्रतियोगिता लगायत सबै फुटबल गुमाउनेछ ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *