एम्बाप्पे विश्वकै सबैभन्दा महंगा खेलाडी

डिसी नेपाल
२७ जेठ २०७७ १२:१२

काठमाडौं । फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का किलियन एम्बाप्पे विश्वकै सबैभन्दा महंगा खेलाडी बनेका छन । उनको मुल्य २५९.२ मिलियन पाउण्ड अनुमान गरिएको छ । फुटबल ओब्जबेट्रिको रिर्पोट अनुसार बार्सिलोनाका लियोनल मेस्सी २२ औं स्थानमा र युभेन्टसका क्रिस्टियानो रोनाल्डो ७० औं स्थानमा रहेका छन ।

रिर्पोटमा युरोपको उत्कृष्ट ५ लिगहरु बुन्डेशलिगा, ईङलिस प्रिमियर लिग, ला लिगा, सिरी ए र लिग १ का सबैभन्दा महंगा उत्कृष्ट २० खेलाडीहरुलाई समाबेश गरिएको छ । कोरोनाका कारण खेलाडीहरूको मूल्यमा पार्ने प्रभाव पनि यसमा समावेश गरिएको छ।

उक्त रिपोर्टमा मेस्सीको मुल्य १००.१ मिलियन पाउन्ड र रोनाल्डोको ६०.८ मिलियन पाउन्ड रहेको छ। ब्राजिलका नेमार जुनियर ८२.७ मिलियन पाउन्डका साथ ३७ औं स्थानमा रहेका छन ।

म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ शीर्ष तीन महँगो खेलाडीहरुमा दोस्रो स्थानमा रहेका छन। उनको मूल्य १९४.७ मिलियन पाउन्ड अनुमान गरिएको छ। त्यस्तै बोरुसिया डार्टमन्डका जाडोन सान्चो १७९.१ मिलियन पाउन्डका साथ तेस्रो स्थानमा रहेका छन ।

बुन्डेशलिगाको जारी सत्रमा इङल्यान्डका सान्चोले डार्टमन्डका लागि १७ गोल गरेका छन। सान्चोले २ बर्ष अघि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेर ईङल्यान्डका नियमित खेलाडी बनेका थिए। यसै समयमा यस सूचीमा बार्सिलोनाका एन्टोइन ग्रिजिमनले कप्तान मेस्सीलाई धेरै पछाडि छाडेका छन।
उनी १३६.४ मिलियन पाउन्ड मूल्यका साथ आठौं स्थानमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *