भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला, धेरैको मृत्यु

डिसी नेपाल
२९ जेठ २०७७ ७:२८

काठमाडौँ । छिमेकी मुलुक भारतमा एकै दिन १२ हजार ३७५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार १५५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ३८८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै भारतमा कारोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार १०७ पुगेको वल्डोमिटरले जनाएको छ ।

भारतमा बुधबार एकै दिन फेला परेका कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै धेरै हो ।

कोरोना संक्रमित मध्ये भारतमा १ लाख ४० हजार ९७९ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म भारतमा ५० लाख ६१ हजार ३३२ को कोरोना परीक्षण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *