कविता – ‘गगनचुम्मी महल’ – राकेश कार्की

डिसी नेपाल
३१ जेठ २०७७ ६:४८

कविता 

‘गगनचुम्मी महल’

तँछाड मछाड गर्दै गगनचुम्मी महल
बैरागीएर लडेका छन् होमलेसहरु तल
यता उता सबैतिर दौडीरहेछ दिनरात
प्लेन, रेल, मोटर र मानिसका ताँत ।

अटोमेटीक चल्याछन् फुर्सद छैन कसैको
कुदीरहेछन् हतार हतार छैन कोही बसेको
दिउँसो न राती, फन्फन्ती समय घुम्छ
घरभाँडा र क्रेडीट तिर्दै जिन्दगी नै गुम्छ ।

स्वर्गजस्तो हलीउड रम्भा, उर्वसी घुमेका
कतै प्रेमी प्रेमीका मायामा मग्न भै डुबेका
उद्देश्य लिइ तारो हान्नेले निशाना छेड्याछन्
अमृतको घुट्को लिँदै पुष्पवाहन चढ्याछन् ।

माकुराको जालो जस्तो सडक उदेक लाग्ने
मनमोहक डिजनी ल्याण्ड केटाकेटी रमाउने
अहो आहा आम्मै भन्दै पर्यटकहरु दङ्ग
अवर्णनीय अति सुन्दर लस एन्जेलसको रङ्ग ।

इन्जिनियर राकेश कार्की
लस एन्जेलस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *