भारतमा शनिबार कोरोनाको संक्रमणबाट ३०९ को मृत्यु, १२ हजार संक्रमित थपिए

डिसी नेपाल
३२ जेठ २०७७ ७:१६

काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ३०९ जनाको मृत्यु भएको छ। १२ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ भने कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६२६ पुगेको छ ।

संक्रमित मध्ये १ लाख ६२ हजार ३२६ जना निको भएर घर फर्किसकेका छन् । भारतमा हालसम्म ५५ लाख ७ हजार १८२ को कोरोना परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *