कोरोनाबारे सर्वप्रथम चेतावनी दिने डा. ली वेनलियाङले मृत्युपछि पाए बहुमूल्य गिफ्ट

डिसी नेपाल
१ असार २०७७ ९:३५

काठमाडौं। कोरोनाभाइरबाट फैलिन सक्ने सम्भापिवत महामारीबारे सबैभन्दा पहिले चेतावनी दिने चीनको वुहानका डा. ली वेनलियाङले कोरोनाभाइरसकै कारण ज्यान गुमाए । उनले ज्यान गुमाएको ५ महिनाभन्दा धेरै भइसकेको छ । अहिले आफ्नो मृत्युको ५ महिनापछि डा. लीले बहुमूल्य गिफ्ट पाएका छन् । मृत्युपर्यन्त उनी पिता बनेको बीबीसीले जनाएको छ।

उनकी पत्नीले छोरालाई जन्म दिएकी छिन् । उनकी पत्नीले चिनियाँ सामाजिक संजालमा छोराको फोटो शेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । डा. लीकी पत्नी फू झुएजीले सामाजिक संजालमा फोटो पोस्ट गर्दै यो डा. लीको तर्फबाट आफूले पाएको अन्तिम उपहार भएको बताएकी छिन् । कोरोनाभाइरसबारे जानकारी दिने डाक्टर लीले यसको खतराको पूर्वानुमान गरिसकेका थिए । यद्यपि विश्वलाई यसबाट बचाउने प्रयास गर्दागर्दै डा. ली आफैं संक्रमित भए र गएको फेब्रुअरी ७ मा उनको मृत्यु भएको थियो ।

डा. लीलाई कोरोनाभाइरसको खतराबारे विश्वलाई जानकारी दिने ‘ह्वीसलब्लोअर’ मानिन्छ । तर, सुरुमा चीन सरकारले उनको चेतावनीलाई गम्भीरतापूर्वक लिएको थिएन । चीन सरकारले पछि डा. लीको चेतावनीलाई गम्भीरतापूर्वक नलिनु आफ्नो गल्ती भएको भन्दै माफी पनि मागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *