भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

डिसी नेपाल
३ असार २०७७ २२:२५

नयाँ दिल्ली (एजेन्सी)। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बुधवार को १० हजार नाघेको छ। यति धेरैको मृत्यु हुनेमा भारत संसारको ८ औं देश बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा बुधबारसम्म ११ हजार ९०३ जनाको मृत्यु कोरोनाका कारण भएको छ। यी मध्ये २३८२ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो।

भारतका साथै १० हजारभन्दा धेरैको मृत्यु हुने मुलुकहरुमा अमेरिका, ब्राजील, बेलायत, इटली, फ्रान्स, स्पेन र मेक्सिको छन्। हालसम्म भारतमा ३.१ प्रतिशत मृत्यु दरका साथ ३ लाख ५४ हजार ०६५ केस दर्ता भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतको राजधानी दिल्ली र महाराष्ट्र सबैभन्दा धेरै प्रभावित राज्य भएका छन्। मृतक र संक्रमितको संख्या बढिरहे पनि भारतमा विस्तारै लकडाउन भने खुकुलो पारिँदै छ। बुधबार लकडाउनबारे प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन्।

मोदीले विस्तारै लकडाउन खुलुकुलो बनाउनेबारे तयारी गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन्। उनले फेरि लकडाउन कडा पारिने सम्भावना नरहेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *