नागरिकता विधेयकबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

डिसी नेपाल
५ असार २०७७ २०:४२

काठमाडौं। विगत दुई वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिक ऐन २०६३ संशोधन विधेयकबारे पार्टीको धारणा बनाउन सत्तारुढ दल नेकपाले शनिबारका लागि पार्टी सचिवालय बैठक बोलाएको छ। बुधबार सरकारले विधेयकबारे सहमति जुटाउन सरकारले ५ दिनको समय मागेको थियो।

प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफल भइरहेको विधेयकमा सबैभन्दा धेरै विवाद वैवाहिक अंगकृत नागरिकतामा छ। विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रस्ताव समिति सभापति तथा नेकपा सांसद सशी श्रेष्ठले राखेकी छन्। काँग्रेस र मधेश केन्द्रित दल भने यसअघिकै व्यवस्थालाई निरन्तरता दिनुपर्ने पक्षमा छन्। उता नेकपा भित्र विदेशी बुहारी जस्तै विदेशी ज्वाईँलाई पनि नागरिकता दिनुपर्ने आवाज उठेको छ।

शुक्रबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका आफ्ना पाार्टीका सांसदहरुसँग छलफल गरेका छन्। सांसदहरुसँगको छलफलपछि पार्टी सचिवालय बैठक बोलाइएको नेकपा स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *