वैदेशिक रोजगारी र विदेश अध्ययनका लागि जान खुला

डिसी नेपाल
६ असार २०७७ ९:१२

काठमाडौं। सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारी र अध्ययनमा जानेका लागि अनुमति दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीमा जानेका लागि श्रम तथा रोजगार मन्त्रालायको सिफारिस चाहिने छ भने अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने निर्णय भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *