भारतमा शनिबार मात्रै १५ हजारबढी संक्रमित थपिए, ३०९ जनाको मृत्यु

डिसी नेपाल
७ असार २०७७ १०:२४

काठमाडौँ । छिमेकी मुलुक भारतमा शनिबार एकै दिन १५ हजारबढी कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ११ हजार ७२७ पुगेको छ ।

यस्तै, शनिबार भारतमा कोरोना संक्रमित मध्ये ३०७ जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगेको छ।

हालसम्म भारतमा २ लाख २८ हजार १८१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *