नेपाल-भारत सीमा काँडेतार लगाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं। नेपाल र भारतबीच नक्शा विवाद चर्किरहेकै बेला सर्वोच्च अदालतमा नेपाल र भारतको सीमामा काँडेतार लगाउन माग गर्दै रिट निवेदन परेको छ। रज्यले कानुन बनाएर सीमामा काँडेरतार लगाउन माग गर्दै रिट निवेदन परेको हो।
नेपाल बारका पूर्वउपाध्यक्ष अधिवक्ता शालिकराम सापकोटासहित गीता शाह र सुवास विश्वकर्मा तथा नवल खड्काले संयुक्त रुपमा निवेदन दर्ता गरेका हुन्। उक्त रिटको पेशी असार ९ का लागि तोकिएको छ।
सीमामा कानुन बनाएर काँडेतार लगाउनुपर्ने, दुवै देशका नागरिकको आवागमन र ट्रान्जिटमा समेत भिषाको व्यवस्था हुनुपर्नेलगायत माग रिटमा छ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद प्रतिनिधिसभा सचिवालय, संघीय संसद राष्ट्रियसभा सचिवालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषदको कार्यालय, परराष्ट्र रक्षा र गृह मन्त्रालयको नाममा परमादेशको माग गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment