भारतमा आइतबार रुसको दोब्बर संक्रमित थपिए, अमेरिकामा भन्दा धेरैको मृत्यु

डिसी नेपाल
८ असार २०७७ ७:०७

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट रुसको दोब्बर कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १५ हजार १८३ जना नयाँ संक्रमित थपिएका छन् । यहि समयमा रुसमा करिब आधा ७ हजार ७२८ संक्रमित थपिए।

भारतमा यो समाचार तयार पार्दासम्म ४ लाख २६ हजार ९१० जना कोरोना संक्रमित भएका छन् भने १३ हजार ७०३ जनाको ज्यान गएको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको दोस्रो नम्बरमा रहेकाे देश रुसमा हालसम्म ५ लाख ८४ हजार ६८० जना कोरोना संक्रमित छन् । जसमध्ये ८ हजार १११ जनाको ज्यान गएको छ ।

अमेरिकामा भन्दा झण्डै दोब्बरको मृत्यु

आइतबार भारतमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको देश अमेरिकामा भन्दा झण्डै दोब्बर मानिसको ज्यान गएको छ । भारतमा आइतबार ४२६ जनाको ज्यान गएको छ भने अमेरिकामा २६७ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा २३ लाख ५६ हजार ६५७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १ लाख २२ हजार २४ जनाको ज्यान गएको छ। अमेरिकामा काेराेना संक्रमित भएका मध्ये ९ लाख ८० हजार ३५५ जना निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *