भारतमा तीन दिनदेखि अलपत्र परेका ६५ नेपाली यात्रुको उद्धार

डिसी नेपाल
९ असार २०७७ ११:१०

नयाँदिल्ली।  भारत मुम्बईको भिवंडीमा तीन दिनदेखि अलपत्र परेका ६५ नेपाली यात्रुको उद्धार गरिएको छ। पुणेबाट शनिबार नेपाल प्रस्थान गरेको बसलाई ३ सय किलोमिटर यात्रा तय गरेपनि मुम्बईको भिवंडीमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

उक्त बसमा ६५ यात्रु सवारी थिए। तर बस चालकसँग लकडाउनमा लिनुपर्ने अनुमति पत्र र रुट परमिट नभएपछि उक्त बसलाई मुम्बई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पछिल्लो समय महाराष्ट्र कोरोना संक्रमणको इपिसेन्टर बनेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महाराष्ट्र सरकारले सवारी आवत जावतमा कडाइ गरेको छ। शनिबार नेपाली यात्रु लिएर पुणेबाट गौरीफन्टा नाकाका लागि प्रस्थान गरेको बसलाई मुम्बईको भिवंडीमा प्रहरीले चेक जाँच गरेको थियो।

सो चेक जाँचका क्रममा बसमा तोकिएको सीमा भन्दा यात्रु धेरै रहेको र लकडाउनको समयमा लिनुपर्ने अनुमति पत्र नलिएको पाइएपछि बस प्रहरीले नियन्त्रणमा लिएको त्यहाँ रहेका पत्रकार अशोक शाहीले जानकारी दिए।

प्रहरीले बस नियन्त्रणा लिएको १२ घण्टासम्म पनि सो घटनाका विषयमा कसैले चासो नलिएपछि डिसी नेपालले उक्त घटनाको भिडियो बनाएर सार्वजनिक गरेको थियो। डिसी नेपालमार्फत यो बारेमा समाचार प्रकाशित भएपनि केही भारतीय संचारमाध्यम र महाराष्ट्रका केही समाजसेवीले नेपाली यात्रुको उद्धारमा सक्रियता देखिाए।

कोरोना संक्रमण र लकडाउनपनि जारी भएका कारण उक्त घटनामा खासै चासो नदेखाएपछि आइतबार राति बसमा रहेका यात्रुले बसमा नै रात बिताउनु परेको थियो। पुणेबाट गौरीफन्टा नाकासम्म बस पठाउने जिम्मा लिएका बस संचालक र एजेण्ट विष्णु जोशीसमेत प्रहरीले बस नियन्त्रणमा लिएको ठाउँमा उपस्थित भएनन्।

मुम्बईमा समाजसेवीको छवि बनाएका वीरेन्द्र लामिछानेको समूहले बसमा अलपत्र परेका नेपाली यात्रुलाई आइतबार रातिको खानाको प्रबन्ध गरेका थिए।

घटनाको लामो समयम्म पनि बसमा रहेका नेपाली यात्रुको उद्धार हुन नसकेपछि डिसी नेपालले घटनाको जानकारी दिल्लीस्थित नेपाली दूतावासलाई गराएको थियो। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उक्त घटनाको जानकारी लिँदै अलपत्र परेका नेपालीको चाँडो उद्धार गर्ने आश्वासन दिएका थिए।

उक्त पुणेबाट गौरीफन्टा नाकासम्म बस पठाउने जिम्मा पाएका भएिका विष्णु जोशीले आफू अहिले अलपत्र परेका नेपाली नागरिकको उद्धारमा सक्रिय रहेको बताए। सुरुमा उनले उक्त घटनामा आफ्नो कुनै हात नरहेको जिकिर गर्दै आएका थिए। डिसी नेपालको लगातारको फलोअपपछि सोमबार राति पुणेदेखि अर्को बसको व्यवस्था गरी उनीहरुको उनीलाई गन्तव्यतर्फ पठाइएको छ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *