जिवीचिरनको ‘जात’ र चिरन्जिवी

डिसी नेपाल
१० असार २०७७ ८:४८

काठमाडौं । जिवीचिरनको जात सार्वजनिक भएको छ। आहा टिभी यूट्युव च्यानलमार्फत यसै साता सार्वजनिक भएको जातले सफलता पाएको छ। सामाजिक विकृति विरुद्धको आवाज बोलेको जातमा प्रताप दासले स्वर दिएका छन् भने जिवीचिरनले र्यापमा आवाज भरेका छन्। जिवीचिरनको जात लकडाउन सुरु भएपछि आएको चौथो गीत हो। यस भन्दा पहिला उनले भाग कोरोना भाग, इतिहास, माया के हो था छैन बोलका गीत गरेका छन्।

‘अहिले त डिजिटल युग हो। पहिले जस्तो क्यासेट बिक्री हुने हुदैँन गीत संगीतमा लाग्न गाह्रो छ।’ आफूले लकडाउनमा ४ वटा गीत गरेको अनुभव सुनाउँदै उनले भने, ‘साथीहरुले सहयाग गर्नु भयो। ४ वटा गीतमा कोही आफ्नै लगानी छ। कोही गीतहरुमा साथीहरुले साथ दिएका छन्। लगानी उठाउने विकल्प त के छ भनौं र? आत्म सन्तुष्टि हो।’

यूट्युवमा देखिने चिरन्जिवी सापकोटा नै जिवीचिरन हुन्। ‘नेपालमा यूट्युवको त्यस्तो चलन थिएन मैले विन्दास टिभि सुरु गर्दा’ आफ्ना अनुभव सुनाउँदै चिरन्जिवीले भने, ‘रेडियोमा काम गर्दा गर्दै केही गर्नु पर्छ भन्ने भयो। यूट्युव गर्न थालें। पहिले पहिले गाह्रो भयो नि। पैसा आउँदैन। आफूले लगानी गरि-एको छ। साथीहरुलाई तलब दिनु पथ्र्यो। रेडियोमा गरेर जम्मा गरेको पैसा लगाएँ केही त होला भन्ने अपेक्षा थियो।’

चिरन्जिवीलाई गीतबाट मात्र चिन्न गाह्रो छ। ‘चिरन्जिवी एक कुशल रेडियो कर्मी पनि हुन्।’  रेडियोकर्मी तथा कलाकार रबिन्द्र सुवेदीले भने, ‘उनीमा बहुप्रतिभा छ। सानै उमेरमा विभिन्न क्षेत्रबाट उनले पाएको सफलताले नै उनी प्रतिभावान व्यक्तित्व हुन भन्ने स्पष्ट हुन्छ।’

‘राष्ट्रव्यापी चित्रकलामा नेपाल प्रथम हुँदा खुसी भएको थिए,’ चिरन्जिवीले आफूसँग भएका सिल्पहरुलाई सुनाउँदै थिए, ‘राष्ट्रव्यापी वक्तित्वकलामा पनि नेपाल प्रथम भएँ। त्यतिबेलाको सान नै वेग्लै हुँथ्यो। अहिलेको जस्तो सामाजिक सञ्जाल भएको भए त सायद अहिलेको स्थान पाउन यति धेरै समय कुर्नु पर्ने थिएन होला। तर, समयले परिपक्क बनाउँदै आयो। खुसी नै छु।’

अहिले यूट्वको सिरियलमा पनि देखिने चिरन्जिवीले सडक नाटकको पनि अनुभव सुनाए। उनले भने, ‘वक्तित्वकलामा पनि राष्ट्रिय स्तरबाट प्रथम प्रमाण पत्र पाएपछि सडक नाटक तिर लागियो, झण्डै २ सय बढी सडक नाटक गरे हुँला।’

‘क्यामरामा गर्ने नाटक र सडक नाटकमा त धेरै नै फरक हुँन्छ। सकडमा विगारेको सपार्न पाइँदैन। सकड नाटकले धेरै कुरा सिकायो’, उनले सुनाए।
‘डिजीटल जमानामा हामीले सन्तुष्टि प्राप्तगर्ने ठाउँ भनेको सामाजिक सञ्जाल नै हो,’ नायिका दिपाशा विसीले भनिन्, ‘चिरन्जिवीले अभिनय गरेको भिडियोहरु यूट्युवमा आएको देख्दाखुसी लाग्छ। मिलनसार छ। धेरै मान्छेहरु उत्पादनपनि चिरन्जिवीले गरेका छन्। अहिलेको चर्चित सन्ध्या बुढा (काउली बुढी) लाई उनले नै यो क्षेत्रमा प्रवेश गराएको हामीले नै देखेका हौं।’

‘सामाजिक सञ्जाल, यूट्युवमै दर्शकहरुले जति रुचाउँछन् त्यति धेरै खुसी लाग्छ।’ चिरन्जिवीले सुनाउँदै थिए, ‘पहिला ‘काउली बुढी सो’ परिकल्पना गरियो। खुब चल्यो। यतातिर नआउँदा पहिला रेडियोमा काम गर्दा जति खुसी मिलेको थियो, अहिले पनि त्यो खुसीमा कुनै कमी छैन। यूट्युवकै कमाइबाट बर्दीयामा १ विगाह जमिन जोडेको छु। सुर्खेतमा पनि छ। जीवन चलिरहेको छ। स्टेज कार्यक्रममा पनि बोलाउनु हुन्छ। जान्छु। अलिअलि त्यँहाबाट पनि कमाई हुन्छ।’

पछिल्लो समय समसामयिक विषयमा गीत बनाउने ट्रेन नै चलेको छ। चिरन्जिवीले पनि कोरोना सँग सम्बन्धित रहेर कोरोनाबाट जोगिने शब्दमा ‘भाग कोरोना भाग’ गीत गरे, नेपालको अतिक्रमित भूमिलिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका विषयमा उनले ‘इतिहास’ गरे, अहिले समाजमा हुने जातीय विभेदका घटनाहरुलाई समेटेर उनले ‘जात’ बनाएका हुन्।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *