नेकपा स्थायी कमिटीको एजेण्डा तय, सीमा समस्यादेखि एमसीसीलगायतका विषयमा छलफल

डिसी नेपाल
१० असार २०७७ १२:१२

काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा चार वटा एजेण्डमा छलफल भइरहेको छ।

बैठकको सुरुमै वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्तव्य राख्ने कार्यसूची छ। अध्यक्षद्वयको मन्तव्यपछि सरकारको कामको समीक्षा गर्ने, कोरोना नियन्त्रण, रोकथाम र उपचारका विषय र नेपालको सीमा समस्याका विषयमा पनि छलफल हुने कार्यसूची तय गरिएको छ।

यसैगरी बैठकमा पार्टी एकताका बाँकी काम र अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि बैठकमा छलफल हुने तय भएको छ। विना एजेण्डा बैठक बस्न लागेको भन्दै सदस्यहरुले आपत्ति जनाएका बेला बैठक बस्ने अन्तिम समयमा बैठकको एजेण्डा तय भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *