आज सबै विदेशी मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

डिसी नेपाल
११ असार २०७७ ६:५५

काठमाडौँ । आज असार ११ गते (२५ जुन, बिहीबार) अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ उकालो लागेको छ । बुधबार सबैजसो देशका मुद्राको भाउ घटेको थियो । विश्वभर कोरोना भाइरस र लकडाउनका काराण विदेशी मुद्राको सटही दरमा पनि भारी उतार चढाब आइरहेको नेपाल राष्ट्र बैँकले जनाएको छ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ४५ पैसामा झरेको छ । यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ २६ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ७१ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ६४ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *