लघुकथा : कमेन्ट

ईश्वर पोखरेल
२० असार २०८३ ८:०९

उसले लाइक गर्‍यो।

कसैले कमेन्टमा लेखेको रहेछ- ‘राम्रो!’

उसले त्यसलाई कपी गर्‍यो र आफ्नो कमेन्टमा पनि ठोकिसक्यो- ‘राम्रो!’

सगुनले झाँको झार्‍यो, “त्यो झुर लघुकथामा त्यस्तो राम्रो तैँले के देखिस् हँ?”

उसले लघुकथा पढेकै थिएन, के भनोस्!

एकछिन घोरियो र जबाफ फर्कायो, “फोटो हेर्न, फोटो! क्या ‘च्वाँक’ छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *