बुधबार विश्वभर १ लाख ३२ हजार निको, ब्राजिलका सबैभन्दा धेरैको उपचार सफल

डिसी नेपाल
११ असार २०७७ ९:०३

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३२ हजारबढी कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएर घर फर्किएका छन्। बुधबार एकै दिन १ लाख ३२ हजार ६११ जना निको भएर घर फर्किएको वल्डोमिटरले जनाएको छ।

वल्डोमिटरका अनुसार बुधबार सबैभन्दा धेरै ब्राजिलका ३६ हजार ५६३ जना संक्रमित निको भएका छन् । यो सँगै ब्राजिलमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४९ हजार ९०८ पुगेको छ । बुधबार ब्राजिलमा ४० हजार ९९५ जना संक्रमित थपिएका छन्।

यस्तै, विश्वमा सबैभन्दा बढी संक्रमित भएको देश अमेरिकामा पनि बुधबार २० हजार २२४ जना निको भएर घर फर्किएका छन् । बुधबार अमेरिकामा ३८ हजार ३८६ जना नयाँ संक्रमित थपिए ।

विश्वभर ४ लाख ८३ हजारको मृत्यु

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८३ हजार ९५९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ९५ लाख १९ हजार ४८२ जना मानिस संक्रमित भएका छन् । बुधबार मात्रै १ लाख ७२ हजार ३८३ जना नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ७१ जनाको ज्यान गएको छ ।

भारतमा १६ हजार संक्रमित थपिए, १३ हजार निको

छिमेकी मुलुक भारतमा बुधबार १६ हजार बढी कोरोना संक्रमित थपिएका छन् भने १३ हजरबढी संक्रमित निको भएर घर फर्किएका छन्। अधावधिक विवरणसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ । जसमध्ये निको भएर घर फर्किनेको संख्या पनि २ लाख ७१ हजार ६८८ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *