एक हप्ताभित्र कोरोना संक्रमितको संख्या १ करोड पुग्ने डब्ल्यूएचओको चेतावनी

डिसी नेपाल
११ असार २०७७ १०:४९

काठमाडौं। विश्वमा कोरोना भाइरसबाट हालसम्म ९५ लाख २७ हजार ९९ जना संक्रमित भएका छन्। तीमध्ये ५१ लाख ७५ हजार २४० जना उपचारपछि निको भएका छन्। हालसम्म ४ लाख ८४ हजार ९५६ जनाको मृत्यु भएको छ।

डब्ल्यूएओका महानिदेशक टेड्रोस एडहोनम गेब्रियासियोसले बुधबार आगामी हप्ता कोरोना संक्रमितको संख्या एक करोड पुग्न बताएका छन्। अहिले प्रत्येक हप्ता दश लाख भन्दा धेरै कोरोना संक्रमितको संख्या थपिइरहेको छ। संक्रमितको संख्या बढेसँगै कयौं देशमा अक्सिजन मेशिनको अभाव भइरहेको छ।

डब्ल्यूएओ प्रमुखले अहिले अक्सिजन मेशिनको माग आपूर्ति भन्दा धेरै रहेको बताए। संक्रमितको संख्या बढ्दै गएपछि प्रत्येक दिन ८८ हजार ठूलो अक्शिजन सिलिण्डरको अभाव भइरहेको छ। अक्शिन मेशिन कोराना संक्रमितलाई श्वास फेर्न सजिलोका लागि आवश्यक पर्छ।

ब्राजील स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टामा ४२ हजार ७२५ कोरोना संक्रमित थपिएको जनाएको छ, भने एक हजार १ सय १८ जनाको मृत्यु भएको छ। योसँगै ब्राजीलमा कुल संक्रमितको संख्या ११ लाख ८८ हजार ६ सय ३१ पुगेको छ भने मृत्यु हुनेको संख्या ५३ हजार ८ सय ३० पुगेको छ। धेरै संक्रमित भएको मुलुकमा ब्राजील अमेरिकापछि दोस्रो स्थानमा छ।

उता मस्कोमा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। रुसमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ६९ पुगेको छ। एक दिन पहिला मस्कोमा १४ जनाको मृत्यु भएको थियो। रुसमा कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार पुगेको छ। रुसमा अहिलेसम्म ८ हजार ५ सयको मृत्यु भइसकेको छ। रुसमा अहिलेसम्म ३ लाख ६८ हजार उपचारपछि निको भएका छन्। मस्कोमा मात्रै २ लाख १६ हजार भन्दा धेरै संक्रमित भएका छन्।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म ५३२ जना नयाँ संक्रमित थपिएका छन्। यहाँ संक्रमितको संख्या बढेर २२ हजार ४४ पुगेको छ। इजरायलमा मृत्यु हुनेको संख्या ३०८ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *