आज बढ्यो कि घट्यो सुनको भाउ ?

डिसी नेपाल
११ असार २०७७ ११:२६

काठमाडौँ । बुधबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (बिहीबार) स्थिर रहेको छ ।

यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ९० हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोरबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *