बिहारमा चट्यांग लागेर ८३ जनाको मृत्यु
नयाँ दिल्ली (एजेन्सी) । भारतको बिहारमा बिहीबार चट्यांग लागेर ८३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार चट्यांग परेको थियो।
सबैभन्दाधेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ। यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा ८, ८ जनाको मृत्यु चट्यांग लागेर भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यस्तै उत्तर प्रदेशमा पनि दुईजनाको मृत्यु भएको बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सामाजिक सञ्जालमाफर्त चट्यांग लागेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन्।
बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको छ। भीषण वर्षा र हावाहुरी चल्ने चेतावनी दिइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment