अनि किन जहाज दुर्घटना नहोस् त पाकिस्तानमा ?

डिसी नेपाल
१२ असार २०७७ ३:०२

काठमाडौं । दक्षिण एशिलायी मुलुक पाकिस्तानमा धेरै विमानचालकहरु नक्कली लाइसेन्सधारी भएको खुलासा भएको छ । पाकिस्तानका नागरिक उड्डयन मन्त्रीले पाकिस्तानमा उडान गरिरहेका गैरसैनिक पाइलटहरुमध्ये एकसय जनामा ३० जनाको दरले अर्थात् ३० प्रतिशत नक्कली पाइलट भएको  सार्वजानिक गरेका छन् ।

बेला बेला जहाज दुर्घटनाको समाचार आइरहने पाकिस्तानमा नागरिक उड्डयन मन्त्री गुलाम सरवार खानले बुधवार पाकिस्तानको नेशनल एसेम्ब्लीलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनका अनुसार, दुईसय ६२ पाइलटहरुले नक्कली लाइसेन्स लिएको छन् ।

उनीहरु स्वयं लाइसेन्सको परीक्षामा नबसी अर्को कसैलाई राखेर लाइसेन्स लिएको उनले खुलाए । अमेरिकी संचार संस्था सीएनएनले विहीबार प्रकाशित गरेको समाचारअनुसार, पाकिस्तानमा ८ सय ६० जना सक्रिय गैरसैनिक पाइलटहरु कार्यरत छन् र यीमध्ये २६२ जना नक्कली लाइसेन्सधारी छन् । यीमध्ये कतिपय पाकिस्तान इन्टरनेशनल एयरलाइन्स(पीआईए) मा पनि कार्यरत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *