कोरोना संक्रमणको नयाँ रुप, स्वास्थ्यकर्मीसमेत चकित, आमा बुवा नेगेटिभ, बच्चामा पोजेटिभ
काठमाडौं। कोरोना भाइरसको कहर लगातार जारी छ। यो माहामारीले विश्वलाई नै आफ्नो चपेटामा लिएको छ। दैनिक कोरोना संक्रमित बढिरहेका छन्। यसैबीच एउटा विचित्रको समाचार सार्वजनिक भएको छ। जसले चिकित्सा क्षेत्रमा मानिसलाई समेत अचम्मित बनाएको छ।
यो घटना मेक्सिकोको हो जहाँ १७ जुनमा जन्मिएका तिम्ल्याहा बच्चाले सबैलाई चकित बनाइ दिएका छन्। कोरोना संक्रमण नदेखिएका आमा बुवाबाट जन्मिएका ती तीनवटै बच्चामा कोराना पोजेटिभ पाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार नवजात शिशुमा संक्रमण आमा बुवाबाट फैलिएको होइन, किनभने उनीहरुका आमा बुवाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ। नवजात शिशुमा कोरोना कसरी संक्रमण भयो भन्ने खुल्न सकेको छैन।
एउटा अंग्रेजी दैनिकका प्रकाशित गरेको रिर्पोट अनुसार मेक्सिकोका स्वास्थ्य सचिव मोनिका रंगेलका अनुसार यो विषयमा अहिले छानवीन जारी छ। किनभने यो विश्वको नै पहिलो केश हो। स्वास्थ्य अधिकारीहरुका अनुसार यस्तो केश यस अगाडि देखिएको थिएन।
ती तिम्ल्याहामध्ये एक जना छोरी र दुई जना छोरा हुन्। जन्मिएको चार घण्टापछि उनीहरुको कोरोना टेस्ट गराइएको थियो। स्वास्थ्य सचिव मोनिका रंगेलले पत्रकार सम्मेलनमा भनिन्, ‘बच्चाका आमा बुवाको कोरोना भाइरस टेस्ट नेगेटिभ आएको छ। अहिले हाम्रो सम्पूर्ण ध्यान यही विषयमा केन्द्रित छ। हामीले विशेषज्ञलाई यो विषयमा अनुसन्धान गर्न आग्रह गरेका छौं।’
अमेरिकाका येल स्लुक अफ मेडिसिनका शोधकर्ताहरुका अनुसार गर्भनालबाट कोरोना संक्रमण फैलिएका केश आइसकेका छन्। शोधकर्ताहरुका अनुसार नवजात शिशुमा कोरोना संक्रमण त्यतिबेला हुन्छ, जतिबेला डेलिभरीपछि उनीहरु कुनै संक्रमितको सम्पर्कमा आउँछन्। त्यो बाहेक कोरोनाबाट संक्रमित आमाको कोखबाट गर्भनालमार्फत नवजात शिशुसम्म कोरोना संक्रमित हुनसक्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment