भारतसँग मिलेर चीनलाई हान्न अमेरिकाले सेना पठाउने
काठमाडौं । अमेरिकाले एसियामा सेना पठाउने भएको छ । कथित रुपमा चीनको ‘दादागिरी’ रोक्नको लागि भन्दै अमेरिकाले युरोपमा तैनाथ आफ्ना सेनालाई घटाएर एसियामा तैनाथ गर्ने बताएको हो । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भारत र दक्षिण पूर्वी एसियाली देशहरुको अगाडि चीनको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले युरोपमा आफ्ना सैनिकको तैनाथी घटाएर उनीहरुलाई उचित स्थानमा तैनाथ गर्ने बताएका छन् ।
अमेरिकाले जर्मनीबाट आफ्नो सेना किन हटाउँदैछ भन्ने प्रश्नमा पोक्पियोले भने ‘जर्मनमिा अमेरिकी सेना छैन किनकि उनीहरुलाई अन्य ठाउँमा पठाइँदैछ ।’ समाचार एजेन्सी पीटिआइको रिपोर्टअनुसार पोम्यिोले भने ‘चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका कदम यो दर्शाउँछन् कि भारतको अगाडि चुनौती, भियतनामको अगाडि खतरा छ, मलेसिया, इण्डोनेसिया र दक्षिण चीन सागरमा चीनको चुनौती छ ।’ पोम्पियोले अगाडि भने ‘हामी यो सुनिश्चित गर्न जाँदैछौं कि यी चुनौतीहरुसँग जुध्नको लागि अमेरिकी सेनाको तैनाथी उचित रुपले रहोस् ।
एसियामा हिन्द महासागरको अलावा जापान, दक्षिण कोरिया र फिलिपिन्समा अमेरिकी सैन्य अड्डा छ । गत अप्ता पोम्पियोले भारतसँग तनाव बढाएको र दक्षिण चीन सागरमा सैनिकीकरण गरेको भन्दै चीनको आलोचना गरेका थिए । पोम्पियोले भनेका थिए ‘पिएलएले भारतसँग सीमा विवाद बढाएको छ जो विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो । उसले दक्षिणी चीन सागरमा सैनिकीकरण गरिरहेको छ । त्यहाँ अवैध तरिकाले षेत्रहरुमा कब्जा गरिरहेको छ र अहम समुद्री मार्गहरुमा खतरा बढाइरहेको छ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment