कोरोना संक्रमितको संख्या एक करोड नजिक, ५४ प्रतिशत संक्रमित निको भए

डिसी नेपाल
१३ असार २०७७ ७:४४

काठमाडौं। विश्वभर कोरोना संक्रमितको एक करोड नजिक पुगेको छ। शुक्रबार एक लाख ८० हजार ५७३ नयाँ संक्रमित थपिएसँग कोरोना संक्रमितको संख्या ९८ लाख नौ हजार ६४ पुगेको छ। संक्रमितको संख्या यसरी नै बडिरह्यो भने शनिबार (आज) संक्रमितको संख्या एक करोड नाध्ने अनुमन गरिएको छ।

यद्यपी पछिल्लो समय मानिसमा कोरोना विरुद्ध लड्ने इच्छाशक्तिमा वृद्धि भएका कारण मृत्युदर कम हुन थालेको छ। संत्रमण लगातार बढिरहँदा विश्वभर मा ५४ प्रतिशत संक्रमित उपचार पछि निको भएका छन्। मृत्युदर मात्र पाँच प्रतिशत छ।

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनले कोरोना संक्रमणको पहिलो घटना बारे जानकारी दिएको थियो। त्यस पछि कोरोना भाइरस विश्वका छ वटा महादेशका १ सय ९५ देशमा फैलिइसकेको छ। २७ मे पछि दैनिक सवा लाखभन्दा धेरै कोरोना संक्रमित भेटिन थालेका थिए। संक्रमण फैलिने क्रम अहिले नियन्त्रणभन्दा बाहिर छ। तर मृत्युदर भने अधिकांश देशमा नियन्त्रणमा छ।

विश्वमा कोरोनाका कारण दैनिक ४ हजार ५ सय ९९ जनाको मृत्यु भइरहेको छ। जबकि जबकि अप्रिलमा यो संख्या ६ हजार भन्दा बढी थियो। मार्चमा अस्पतालमा भर्ना बिरामीहरूको मृत्युदर २१ प्रतिशत थियो, जुन अहिले घटेर १० प्रतिशतमा झरेको छ।

अमेरिकी विज्ञहरूले बढ्दो संक्रमणको बाबजुद मृत्युको संख्या घटिरहेको दाबी गरेका छन्। भाइरसको उत्परिवर्तन कमजोर हुँदै गइरहेको छ। तर डब्ल्यूएचओले यसलाई स्वीकार गरेको छैन।

चीनले गत वर्ष डिसेम्बरको अन्तिममा विश्वलाई कोरोनाको पहिलो केश फेला परेको जनाएको थियो। तर त्यहाँका विज्ञहरूले जुलाई–अगस्टमा नै कोरोनाका केसहरू आउन थालेको खुलासा गरेका थिए।

अमेरिका अझै नियन्त्रण अझै नियन्त्रणमा आउन सकेको छैन। अमेरिकामा दैनिक ४० हजार भन्दा बढी नयाँ बिरामीहरू भेट्टाइएका छन्। अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म सवा लाखभन्दा धेरैको मृत्यु भइसकेको छ।

बेलायतमा तीन लाख कोरोना संक्रमित र ४३ हजारको मृत्यु भइसकेको छ। बेलायतले सुरुमा हर्ड इम्युनिटीको कुरा गरेको थियो, तर स्थिति नियन्त्रण बाहिर जान थालेपछि लकडाउन लगाउनु परेको थियो।

युरोपमा बिरामीहरू फेरि कोरोना संक्रमित ब्ढ्न थालेका छन्। यस महिना पहिलो पटक, केसहरु बढेको छ।  यचब्राजिलमा ४ महिनामा ५५ हजारको मृत्यु भएको छ। यो अमेरिकापछि दोस्रो नम्बर हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *