मंगलग्रहमा बस्तीको लागि थप अनुसन्धान, जुलाईमा तीनदेशका यान जाँदै

डिसी नेपाल
१३ असार २०७७ ८:५५

जुलाई २०२० मा मंगल ग्रहको प्रक्षेपण अवसरको लागि धेरै राम्रो समय भएको छ। संयुक्त राज्य अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सले मंगलग्रह मिसनहरूको योजना बनाएका छन्। यी देशहरुका अन्तरिक्ष यानहरुले यही २०२० को जुलाई १७ र अगष्ट ५ बीचमा आफ्नो यात्रा सुरू गर्नेछन् र ६ महिनापछि अथवा फेब्रुअरी २०२१ मा मंगल ग्रहमा आफ्नो अवतरण गर्न सक्ने छन्।

यस समयमा मंगल ग्रहको यात्रा गर्न कम शक्ति र खर्च चाहिन्छ किनभने २०२१ फेब्रुअरीमा पृथ्वी र मंगल ग्रह सबैभन्दा नजिक हुनेछन्। यो समयमा पृथ्वीबाट मंगल ग्रहको न्यूनतम दूरी करिब ३६ मिलियन मील ( करिब ५८ मिलियन किलोमिटर) छ। यो अवसर गुमाउने हो भने यही अवसरको लागि २६ महिना पर्खिनु पर्ने हुन्छ।

अहिले कोनाभाइरस महामारीको सन्दर्भमा र भविष्यमा योभन्दा बढी महामारीको स्थिति आइपरे मानब जाति नै बिलय हुने सम्भावना रहन्छ र बसन्त सापकोटाको गित अनुसार ‘भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने सहर हुदैंन’ भने जस्तै अहिले हामीसँग भागेर जाने कुनै सहर वा गाउँ छैन जहाँ मान्छे मरेका छैनन्।

अहिलेजस्तै महामारी वा भविष्यमा योभन्दा बढी महामारीको स्थिति आइपरे हामी कुनै पृथ्वीजस्तै ग्रह भएको भए हामी भागेर जाने र मानव जातिको लोप हुने स्थितिबाट बच्न सकिने थियो। यो सन्दर्भमा पनि मंगल ग्रह को अन्वेषण अति आवश्यक छ।

पृथ्वी सयौं हजारौं वर्षदेखि मानव घर भएको छ र यसले हामीलाई राम्रो सेवा गरेको छ। तर विश्वव्यापी जनसंख्या निरन्तर बढ्दै गइरहेको छ र मानव प्रदुषण र पृथ्वीको सीमित स्रोतहरुको बढ्दो शोषण र दोहनले हाम्रो ग्रह पृथ्वी झन् झन् बिग्रिरहेको छ। यही कारणले हामीले २–४ सय वर्षको कुनै एक बिन्दुमा अर्को ग्रहमा सर्नुपर्नेछ।

संयुक्त राज्य अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सले मंगलग्रह मिसनहरूको योजना बनाएका छन्। यी देशहरुका अन्तरिक्ष यानहरुले यही २०२० को जुलाई १७ र अगष्ट ५ बीचमा आफ्नो यात्रा सुरू गर्नेछन् र ६ महिनापछि अथवा फेब्रुअरी २०२१ मा मंगल ग्रहमा आफ्नो अवतरण गर्न सक्ने छन्।

त्यसकारणले वैज्ञानिकहरूले अन्य ताराहरू र ग्रहहरुको अनुसन्धान गरेर हामी कसरी एक दिन अर्को ग्रहमा मानव बस्ती स्थापना गर्न सक्छौं भनेर अनुसन्धान गरिरहेका छन्। प्रसिद्ध खगोल वैज्ञानिक स्टेफेन हव्किंगले भविष्यवाणी गरेका छन् कि ऊर्जा खपत, मौसम परिवर्तन, क्षुद्रग्रह (एस्टेरोइड), स्ट्राइक, महामारी र जनसंख्या वृद्धिका कारण पृथ्वी एक दिन बस्न लायक हुने छैन र मानिसहरूले अर्को ग्रहमा बस्न आवश्यक पर्ने छ वा लोप हुने अवस्थाको सामना गर्नुपर्नेछ।

यही कारणले मानिसहरुले समयमा नै मानिसहरु बस्न योग्य क्षेत्र जहाँ पृथ्वीमा जस्तै सतहमा तरल पानी छ , वातावरण छ र सम्भवतः पृथ्वीजस्तै मानव जीवनलाई हर तरिकाले समर्थन गर्दछ, त्यस्तो ग्रहको खोजी गर्नु पर्ने छ।

यही खोजीको सन्दर्भमा यी देशहरुले जुलाई २०२० मा मंगल ग्रहको प्रक्षेपण गर्ने भएका छन्। ‘मार्स २०२० रोभर मिसन’ नासाको मंगल ग्रह अन्वेषण कार्यक्रमको एक हिस्सा हो र मंगलग्रहको रोबोटिक अन्वेषणको दीर्घकालीन प्रयास पनि हो। पर्सिभरेन्स नाम दिएको यस मार्स २०२० रोभरमा एउटा सानो ‘हेलिकाप्टर’ पनि समावेश छ, जुन आकाशबाट मंगल ग्रह खोजीको लागि डिजाइन गरिएको छ।

नासा मार्स रोभरले बिगतका माइक्रोबियल जीवनका लक्षणहरू खोज्ने छ। मार्स २०२० रोभरले चट्टानहरू र माटोको कोर नमूनाहरू संकलन गर्ने छ र मंगल ग्रहको सतहमा राख्ने छ। भविष्यको मिसनले सम्भावितरूपमा यी नमूनाहरू पृथ्वीमा फर्काउने योजना छ।

यस अभियानले मंगल ग्रहसम्बन्धी सबै ज्ञानलाई अध्ययन गर्ने अवसर प्रदान गर्ने छ, प्रविधिहरू प्रदर्शन गर्ने अवसरहरू प्रदान गर्ने र यसले भविष्यमा मंगलग्रहमा मानव अभियानहरूका चुनौतीहरू सम्बोधन गर्न सहयोग गर्नेछ ।

यसमा मंगल ग्रहको वातावरणबाट अक्सिजन उत्पादन गर्ने विधि परीक्षण गर्ने, अन्य स्रोतहरू जस्तै पानीको अध्यन गर्ने, अवतरण प्रविधिमा सुधार गर्ने, र मौसम, धुलो, र अन्य सम्भावित वातावरणीय अवस्था जसले भविष्यका अन्तरिक्ष यात्रीहरूलाई असर गर्न सक्छ र मंगल ग्रहमा काम गर्न सक्छ, त्यस्को अध्ययन गर्ने अवसर हुनेछ। चीनले आफ्नो ‘टियानवेन १’ नाम गरेको पहिलो स्वतन्त्र अन्तर्देशीय संयुक्त मंगलग्रह र नासाको रोभर अन्तरिक्ष यान २०२० जुलाईमा प्रक्षेपणको दिशामा अगाडि बढाएको छ ।

त्यसरी नै संयुक्त अरब इमिरेट्स मार्स मिसनले जुलाई १४, २०२० मा ओर्बिटर होप यानलाई मंगलग्रहमा प्रक्षेपण गर्ने भएको छ। यी अन्तरिक्ष यानहरु २०२१ को शुरुमा मंगल ग्रहको वरिपरि कक्षामा जानेछन् र मंगल ग्रहको वातावरणको अध्यन गर्ने छन्। पृथ्वी पछाडि, हाम्रो सौर्यमण्डलमा मंगल ग्रहको अनुसन्धान गर्नुको पछाडि धेरै कारणहरू छन्।

जस्तै यसको सतहमा पानीको मात्रा प्रसस्त छ , यो धेरै चिसो वा धेरै तातो छैन, सौर प्यानलहरू प्रयोग गर्न पर्याप्त सूर्यको प्रकाश छ। मंगल ग्रहमा गुरुत्वाकर्षण हाम्रो पृथ्वीको ३८ प्रतिशत छ, जुन धेरैले विश्वास गर्दछन् कि मानव शरीरका लागि अनुकूल हुन पर्याप्त छ ।

मंगल ग्रहमा वातावरण छ (पातलो भए पनि) यसले ब्रह्माण्ड र सूर्यको विकिरणबाट सुरक्षा प्रदान गर्नसक्छ, दिन र रातको अवधि हाम्रो ग्रह पृथ्वीजस्तै मिल्दोजुल्दो छ, पृथ्वीबाट मंगल ग्रह सम्मको कुल यात्रा समय करिब ६ महिनाको हुन्छ अहिलेको रकेट प्रबिधिअनुसार।

यी सबै कारणहरुले खगोलविद्हरूको ध्यान भबिष्यमा मानब बस्तीका लागि मंगल ग्रहतिर तानिएको छ। २०२२ र २०२४ सालमा अझै धेरै यानहरु प्रक्षेपण लागि योजना गरिएको छ, र २०३० सम्ममा मंगल ग्रहमा मानिसलाई राख्ने प्रस्ताव गरिएको छ । १०० वर्ष भित्रमा १० लाख मानिस मंगल ग्रहमा बस्न सक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *