मेराे चित्रफलक र रङ्गहरू

डिसी नेपाल
१३ असार २०७७ ९:०४

जीवनलाई परिभाषित गर्नलाई

चित्रफलकमा

हिजैदेखि आएका छन् छापाहरूमा

विभिन्न छविहरू

आफ्नाे चित्रफलकमा रङ्ग पाेत्न

म पनि उत्साहित छु ।

 

सर्वप्रथम भाेकमा रङ्ग पाेतें

राताे,हरियाे ,नीलाे ,सुन्तले आदि

इन्द्रधनुषी रङ्गहरू भरें

कुनै पनि मिलेनन्

अनि पानीरङ्ग तप्लक्क खसाएँ

ठ्याक्कै मिल्याे

आँसुकाे थाेपाजस्तै

ढलपल ढलपल,टलपल,टलपल हुँदै

लडेर गयाे

एक थाेपा पानी रङ्गको आपूर्ति ।

 

माया,प्रेम,सद्भाव,सहयाेगका

रङ्गहरू भर्न खाेजें

बाँडिइसकेछन् आफूसँग भएका जम्मै रङग

पसलमा किन्न गएँ

पसलेहरूले मूल्य लिए

तर यी कुनै रङ्ग दिएनन्

सित्तैमा दिंदैछन् बरु

घृणा,धाेका,अफसाेच,वैमनस्य र

अविश्वासका रङ्हरू

ती ल्याइनं,त्यस्ता के भरिरहनु भनेर !

 

निकै महंगा रङग/दुर्लभ रङ्ग

माया,सद्भाव र सहिष्णुताका

ती भर्नै पाइएन

चित्रफलककाे निर्धारित ठाउँ

रित्तै रह्यो

जीवनलाई चित्रफलकमा

उतार्ने ,रङ्ग भर्ने रहर/उत्साह पनि

रित्तै रह्यो ।

फाकफाेकथुम-४,फुएतप्पा, इलाम




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *