राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालयले पायो पूर्णता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सचिवालयले पूर्णता पाएको छ। पार्टीको आइतबार बसेको सचिवालयल वैठकमा अध्यक्ष त्रयद्वारा केन्द्रीय सचिवालय सदस्य थपेर सचिवालय पूर्ण गरेको विज्ञप्ति मार्फत जनाएको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले निलकण्ठ काफ्ले (नवलपुर), भक्ति प्रसाद सिटौला (झापा), भरत रायमाझी (काठमाण्डौ), इन्द्र चित्रकार (काठमाण्डौ), राजाराम बर्ताैला (मकवानपुर) बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरत प्रसाद पाठक (नुवाकोट) र मिना शाही (ललितपुर) लाई मनोनयन गरेको हो ।
केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कार भद्रा र धुव्र बहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा सचिवालयलाई पूर्णता दिलाएको भन्दै अध्यक्ष त्रयलाई धन्यावाद ज्ञापन समेत गरिएको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment