सलहको ठूलो झुण्ड आउने चेतावनी !
काठमाडौं। यमनबाट यात्रा शुरु गरेको विनाशक किरा सलहले पाकिस्तानमा उत्पात मच्चाएपछि भारत प्रवेश गर्यो। भारतमा उत्पात मच्चाएपछि सलह शनिबार नेपाल प्रवेश गर्यो। शनिबार बुटवल, सर्लाही हुँदै नेपालप्रवेश गरेको सलह आइतबार गोरखासम्म देखिएको छ।
तर, यो सानो झुण्डमा भएकाले क्षति भने नभएको कृषि विकास तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी रुपन्देहीको सैनामैनामा लगाइएको मकैबालीमा सामान्य क्षति गरे पनि अन्य क्षेत्रमा क्षति नगरेको जनाएको छ।
मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाईँले नेपालमा सलहको ठूलो झुण्ड आउने सूचना प्राप्त भएको जानकारी दिएका छन्। उनले भारतको राजस्थानबाट ठूलो झुण्ड दिल्लीतर्फ आएको भन्दै सो झुण्ड नेपालमा पनि आउन सक्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment