भारत-चीन वार्तामा कालापानीबारे चर्चा

डिसी नेपाल
१४ असार २०७७ १९:५९

काठमाडौं। भारत र चीनका सेनामा सीमामा एकअर्कामाथि गोली प्रहार गर्न तयार अवस्थामा रहे पनि दुई मुलुकबीच कुटनीतिक माध्यमबाट वार्ता पनि भइरहेको छ।

पछिल्लो पटक भएको वार्तामा दुई देशबीच सीमामा विवाद कम गर्न हरेक हप्ता वार्ता गर्ने सहमति जुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विदेशमन्त्रालयका अधिकारी स्तरमा भएको वार्तामा दुवै पक्षले हरेक हप्ता वार्ता गर्ने सहमति गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

समाचारअनुसार वार्ताका क्रममा भारती र चिनियाँ अधिकारीबीच नेपाली भूमि कालापानीबारे पनि चर्चा भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ।

आजतकका अनुसार चीनले भारतले नेपाली भूमि कालापानी कब्जा गरेर विस्तारवादी काम गरेको बताएको थियो। जवाफमा भारतले चीनले पनि लद्दाखमा कब्जा गरेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

कालापानीबारे थप के कुरा भयो भन्ने विषयमा भने विस्तृत विवरण दिइएको छैन। तर, नेपाली भूमि कालापानी भारतले अतिक्रमण गरेको विषय चीनले उठाएको हो।
नेपालले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेपछि भारत र नेपालबीच पनि सीमा विवाद बढेको छ। नेपालले यो समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताइरहे पनि भारतले वार्तामा रुची देखाएको छैन।

ृगत १५ जुनमा भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा भएको भिडन्तमा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसपछि भारत र चीनबीच सीमा विवाद चर्केको छ। तर, दुबै मुलुक शान्तिका लागि वार्ता पनि गरिरहेका छन्। तर चीन र भारतलाई छुट्याउने सीमा लाइन अफ एक्चुलमाको विषयमा सहमति बन्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *