ओली–प्रचण्डको सिद्धान्तविहीन एकता जहिले पनि टुट्न सक्छ : प्रदीप नेपाल

डिसी नेपाल
१४ असार २०७७ २१:५९

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले अहिलेको नेकपासँग कुनैपनि सिद्धान्त नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तिका अवसरकामा डिसी नेपालसँग कुरा गर्दै नेता नेपालले अहिलेको पार्टी कुनैपनि बेला फुट्नसक्ने बताएका छन्।

‘एकतापछिको नेकपासँग कुनै पनि सिद्धान्त छैन।’ नेपाल नेपालले भने, ‘मदन भण्डारीले सुरुवात गरेको जनताको जनवाद नै सिद्धान्त हो।’

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा रहेकाले सिद्धान्त विहीन एकता कुनै पनि बेला भंग हुने उनले प्रक्षेपण गरे। उनले, ‘जनताको बहुदलीय जनवादलाई अल्पमत, बहुमतको आधारमा लागु गर्नु पथ्र्यो।उहाँहरु आ–आफ्नो अडानमा हुनुहुन्छ। भन्न सकिँदैन कति समम एकता टिक्छ।’

उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको विकल्प नभएको समेत जिकिर गरे। उनले भने, ‘जनताको बहुदलीय जनवादको विकल्प छैन, अहिले आएको नौलो जनवादले अधिनायकवादतर्फ संकेत गर्छ। जुन आरोप अहिले लाग्ने गरेको छ।

बहुदलीय जनवादमा पूँजिवादभन्दा पनि बढी स्वतन्त्रता दिइन्छ।’ अहिले नेकपामा भएका नेताहरु नेता मात्र भएको उनले सुनाए । अब यो देशमा राजनेताको जन्म हुन सयवर्ष कुर्नु पर्छ। उनले भने, ‘मदन भण्डारी राजनेता हुनुहुन्थ्यो। अहिलेका नेता त नेतामात्र हुन्। नेपालमा राजनेताको जन्म हुन अझै सय वर्ष कुर्नु पर्छ।’

सहयात्रका क्रममा भएका केही क्षणहरु सम्झदै नेता नेपालले मदन भण्डारीको हत्या भएको बताए। उनले त्यसलाई दरबार हत्याकाण्डसँग तुलना गरे।

उनले भने, ‘मदन भण्डारीको हत्या र दरवार हत्याकाण्ड एउटै प्रकृतिको समूहबाट भएको हो। नेपालबाट भएको हुँदैहोइन। अमेरिकाले मदन भण्डारीलाई नयाँ कार्लमाक्र्स भन्नु नै शंकास्पद थियो। दरवार हत्या काण्ड ‘सीआईए’ ‘रअ’ र नेपाली सेनाको एक बटालिएनबाट भएको कुरा अमेरिकी समाचार पत्रमा पढेको नेता नेपालले स्मरण गरे।

उनले भने, ‘मैले अमेरिकाको एक समाचार पत्रमा पढेको थिएँ। नेपालको राजदरावार हत्या काण्डमा भारतीय गुप्तचर एजेन्सी (रअ), अमेरिकी गुप्तचर एजेन्सी (सीआईए० र नेपाली सेनाको १ बटालियनबाट भएको भनेर लेखेको छ।’ बाहिरबाट मदन भडारीको हत्यारा पक्राउन गर्न किन नसककेको भन्ने कुरा निराधार भएको उनको टिप्पणी छ।

नेपाल कुनै पनि अवस्थामा मदन भण्डारीको हत्याको गहिराईसम्म पुग्न नसक्ने उनले बताए । उनले भने, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउनु पर्छ भनेर बाहीरबाट बोल्नु र त्यसको गहिराइमा जानु धेरै फरक छ। नेपाल त्यस्तो हत्याको गहिराइसम्म पुग्न सक्दैन, मदन भण्डारीको हत्यारा पत्ता कहिल्यै पनि लाग्न सक्दैन।’

आइतबार मदन भण्डारीका जन्मजयन्ति देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका नेताहरुले मदन भण्डारीलाई आ–आफ्नो तर्फबाट सम्झेका छन्।

मदन भण्डारी र जिवराज आश्रितको २०५० साल जेष्ठ ३ गते पोखराको कार्यक्रमबाट फर्किदै गर्दा चितवनको दासढुङ्गामा जिप दुर्घटनामा मृत्यु भएको थियो।

मदन भण्डारी जस्तो राजनेता नेपालमा अझै सय वर्ष जन्मदैनन् : प्रदीप नेपाल, नेता नेकपा

मदन भण्डारी जस्तो राजनेता नेपालमा अझै सय वर्ष जन्मदैनन् : प्रदीप नेपाल, नेता नेकपा

Posted by DCnepal on Sunday, June 28, 2020

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *