स्वीकृति विना कोरोनाको औषधि दावी गरेपछि रामदेवविरुद्ध मुद्दा

डिसी नेपाल
१५ असार २०७७ ७:१४

नयाँदिल्ली। भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजस्थान प्रहरीमा रामदेवविरुद्ध यही शनिबार मुद्दा दर्ता भएको उच्च अधिकारीले जानकारी दिएका छन् । रामदेवसँगै आचार्य बालकृष्ण, बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दायर भएको छ ।

हरिद्धारस्थित पतञ्जली आयुर्वेदले कोभिड १९ विरुद्धको औषधि भन्दै मंगलबार ‘कोरोनिल’ नामको एक आयुर्वेदिक औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीको अर्को उत्पादनको रुपमा सार्वजनिक गरिएको भन्दै कोभिड १९ का बिरामीलाई त्यसले निको हुने दावी रामदेव लगायतको थियो । योगगुरु रामदेवविरुद्ध अन्य विभिन्न प्रहरी कार्यालयमा ठगी लगायत विभिन्न प्रकृतिका मुद्दा दायर भएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *