अर्थतन्त्रले लय समातेको अर्थमन्त्रीको दावी, ७ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा

डिसी नेपाल
१५ असार २०७७ १४:०६

काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्रले लय समातेको अर्थमन्त्री डा. युवराज खतिवडाले दावी गरेका छन्। नेपाल उद्योग परिसंघको सोमबार भएको १७ औं साधारणसभामा बोल्दै उनले अर्थतन्त्रले ८० प्रतिशत लय समातेको र भन्सार तथा आन्तरिक राजश्व र रेमिट्यान्स बढ्न थालेको जानकारी दिए।

‘अर्थतन्त्रले विस्तारै लय समात्न थालेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको र त्यो पूरा हुने विश्वास छ।’

अर्थमन्त्रीले खतिवडाले उद्योगीसँग सरकारलाई साथ दिन आग्रह समेत गरे। ‘रिकभरीका लागि तपाईँहरु सरकारलाई साथ दिनुहोस्’ उनले भने ‘कोभिड १९ को समस्याबाट सर्भाइभका लागि सरकार साथ दिन्छ।’

निजी क्षेत्रका लागि सरकारले ७० अर्बले प्याकेज ल्याएको बताउदै अर्थमन्त्री खतिवडाले डेडिकेटर र ट्रक लाइनको व्यवस्था खारेजबाट १३ अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई घाटा पर्ने उल्लेख गरे।

अर्थमन्त्री खतिवडाले लकडाउन अवधिमा कामदारलाई ५० प्रतिशत तलव भुक्तानी दिन र उद्योगहरुमा नेपाली कामदार प्रयोग गर्न समेत आग्रह गरे। त्यस्तै उनले आगामी आर्थिक बर्षदेखि कर्जाको व्याज पनि एक अंकमा आउने दावी गर्दै निजी क्षेत्रले उठाएका हरेक मागको सम्बोधन मौद्रिक नीतिले गर्ने समेत आश्वासन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *