नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनु पर्छ : वामदेव गौतम

डिसी नेपाल
१५ असार २०७७ १७:५१

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सोमबार १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा ललितपुरको भैसेपाटी स्थित आफ्नो घर नजिक रोपाईँ गरेका छन्। उनले घरमा रहेको खाली जग्गामा धान रोपेका हुन्।

उनले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताए। नेता गौतमले किसान आफूसँग भएको जमिनमा मिहनेत गरेर धनी हुनुपर्ने धारणा राखे । नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहेका नेता गौतमले अहिले नेपालमा सलह किरा आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउने भन्दै सरकारले त्यस नोक्सानलाई रोक्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

उनले सलहबाट किसानलाई भएको नोक्सानीको क्षतिपूर्ति सरकारले दिनुपर्नेसमेत बताए। नेता गौतमले खासखास ठाउँमा नोक्सान पु¥याउने भएता पनि नेपालको भौगोलिक अवस्थाका कारणले यसले खासै असर नपु¥याउने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *