नेकपा स्थायी कमिटी बैठक बस्दै, प्रधानमन्त्री विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने असन्तुष्ट पक्षको तयारी

डिसी नेपाल
१६ असार २०७७ ७:५०

काठमाडौं। असार दश गते सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक (आज) मंगलबार पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुटारमा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राख्ने बताइएको छ।

पहिलो दिनको बैठकमा दुवै अध्यक्षले आफ्नो मन्तव्य राखेका थिए। अहिले सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ। पहिलो दिनको बैठक पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली बैठकमा अनुपस्थिति रहँदै आएका छन्। दोस्रो दिनको बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री ओलीले तेस्रो दिनको बैठकमा भने आधा घण्टा जति बसेका थिए।

बैठकमा सरकारको कामको समीक्षा, सीमा विवाद, एमसीसीलगायतका विषयमा छलफल भइरहेको छ। विशेष गरी सरकारको कामप्रति सदस्यहरुले आलोचना गरेका छन्। जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका हुन्।

असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीले १४ असारमा बालुवाटारमा आफूलाई हटाउन भारत र केही नेताहरु लागेको भनी अभिव्यक्ति दिएको विषयलाई बैठकमा उठाउने तयारी गरेका छन्। प्रचण्ड निकट एक सदस्यका अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले पार्टीभित्र भारतको प्रभाव रहेको सन्देश जाने भन्दै आज बस्ने बैठकमा सो विषयमा प्रष्ट पार्न आवाज उठाउने तयारी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *