रेमिट्यान्समा कोरोनाको प्रभाव कम, जेठमा भित्रियो ६० अर्ब

डिसी नेपाल
१६ असार २०७७ १५:३२

काठमाडौं। नेपालमा आउने रेमिट्यान्समा कोरोनाको प्रभाव कम परेको छ। नेपाल राष्ट्र बैंकले कोरोनाको कारण नेपालमा आउने रेमिट्यान्स कम्तीमा १० प्रतिशतले प्रभावित हुने अनुमान गरेको थियो।

नेपालमा आउने रेमिट्यान्स चैत महिनामा केही समस्या भएपनि बैशाख र जेठमा पुरानै लयमा फर्किएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणराज भट्टले जानकारी दिए।

उनका अनुसार चैतमा ३४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा बैशाखमा ५४ अर्ब र जेठ महिनामा झन्डै ६४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक बर्षको जेठ महिनामा झन्डै ७० अर्ब को हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिएको भट्टले जानकारी दिए।

‘गत बर्षको तुलनामा रेमिट्यान्समा जम्मा ६ अर्बको हाराहारीमा मात्र कमी आएको हो, यसबाट के बुझ्न सकिन्छ भने कोभिड १९ को असर रेमिट्यान्समा कम परेको छ भने अव विस्तारै पहिलेको लयमा फर्किन लागेको छ,’ भट्टले भने।

रेमिट्यान्समा आप्रबाहमा खासै कमी नआउँदा विदेशी मुद्राको सन्चितिमा बढोत्तरी भएको छ। आयातमा कमी र रेमिट्यान्सको आप्रबाह विस्तारै पुरानै लयमा फर्कदा मुद्रा सन्चितिमा बृद्धि भएको नेपाल नेपाल राष्ट्र बैंकको भनाइ छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा भएको लकडाउनले उद्योगधन्दाहरु पुर्ण रुपमा चल्न सकेनन् भने अत्यावश्यक बस्तुबाहेक अन्य बस्तुको आयातमा पनि कमी हुदा विदेशी मुद्रा सन्चितिमा कमी भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *